पाल्पा : पाल्पामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरीका ५५ वर्षीय तुइन बहादुर विक रहेको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ। झिरुबासबाट पेलाबास घर आउँदै गरेका विकको टुडान भीरबाट खसेर मृत्यु भएको प्रहरी नायव निरीक्षक रेशम जिसीले बताए।
साउने सक्रान्ती पर्व मनाउन आफन्तकोमा गएका उनी सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। छोराहरुले सोधखोज गर्ने क्रममा मंगलबार बिहान झिरुबास र पेलाबासको बीचमा पर्ने टुडानभीरमा मृत अवस्थामा फेला परेको छ। उनी सडकभन्दा झण्डै ७० मिटर तल खोल्सामा खसेको प्रहरी नायव निरीक्षक जिसीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।