|

बाँके : आर्थिक वर्ष ०७३/०७४ मा बाँकेको झन्डै ६ सय हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ। जिल्ला वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७३\०७४ मा बाँकेको ५ सय ६२ दशमलव ५ हेक्टर जमिनमा विभिन्न जातका विरुवा रोपिएको छ। प्रमुख जिल्ला वन अधिकृत पुष्पराज बड्तौलाका अनुसार बाँकेमा विभिन्न जातका ९ लाख विरुवा रोपिएको छ।

निजी वनप्रति प्रोत्साहन गर्न, निजी वन विस्तार गर्न, सामुदायिक वनको संरक्षण गर्न र विदेशबाट आउने काठलाई प्रतिस्थापन गर्न जिल्ला वन कार्यालयले विरुवा वितरण गरेको डिएफओ बड्तौलाले जानकारी दिए। उनले जिल्ला वन कार्यालय र इलाका वन कार्यालयले उत्पादन गरेर विभिन्न जातका रुखको विरुवा वितरण गरिएको बताए।

नेपालगन्जमा सबैभन्दा धेरै वृक्षारोप

उनका अनुसार सवैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा वितरण भएको छ। नेपालगन्ज उपमहानगरपालिकामा ३ लाख ५० हजार विरुवा वितरण गरिएको उनले बताए। बैजापुर सेक्टर वन कार्यालयलाई १ लाख ७५ हजार, कोहलपुर क्षेत्रमा १ लाख २५ हजार, महादेवपुरी ओभरीमा ६० हजार र बैजापुरको धामपुरमा १ लाख, हिरमिनिया र चिसापानीमा ५०–५० हजार तथा कचनापुरमा ४० हजार विरुवा वितरण भएको छ। 

वन कार्यालयले ५० हजार बाँसको विरुवा पनि वितरण गरेको जनाएको छ। उसले जामुन, बोकाइनो, सितलचिनी, टिक लगायतका विरुवा वितरण गरेको छ। ‘सवैभन्दा धेरै एकेलेप्ट्स (मसला) को विरुवा वितरण भएको छ,’ डिएफओ बड्तौलाले भने। रोपेको ५–६ वर्षमै विक्रि गरेर फाइदा लिन सकिने भएकोले धेरैजसोले मसलाको विरुवाको माग धेरै रहेको बताए। ‘मसला जातका विरुवाको माग धान्नै नसकिने आउँछ, मसला जातका विरुवा आर्थिक वर्ष २०७३÷०७४ मा पनि माग अनुसार पु¥याउन सकिएन,’ उनले भने।

करिब ६ हजार वन क्षेत्र अतिक्रमण

बाँकेमा अतिक्रमण भएको २ हजार ५ सय हेक्टर बन क्षेत्रमा खेति भइरहेको छ। भने झन्डै ३ हजार ५ सय हेक्टर बन क्षेत्रमा बाढी पीडितले आश्रय लिइरहेका छन्।सरकारको अनुमतिमा वन क्षेत्रको खाली जमिनमा बाढी पीडितलाई बस्न दिएको प्रमुख जिल्ला बन अधिकृत बड्तौलाले जानकारी दिए।

बाढीपीडितको नाममा साविक गंगापुर गाविसको नवदुर्गा सामुदायिक वनको खाली जमिनमा पक्की घर निर्माण गर्न थालेपछि भत्काएको उनले बताए। उक्त बन क्षेत्रमा साविक गंगापुर र होलिया गाविसका बाढीपीडित आश्रयस्थल बनाएर बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.