|

काठमाडौं : महालेखा नियन्त्रकको कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व आम्दानी व्यवस्थित गर्न सञ्चालनमा ल्याएको सफ्टवेर एक वर्ष नबित्दै बिग्रिएको छ।

सफ्टवेरले काम गर्न छाडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा (हस्तलिखित) राजस्व व्यवस्थापन गर्न विदेशस्थित नेपाली नियोगहरुलाई निर्देशन दिएको छ। महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगका कर्मचारीलाई सफ्टवेर चलाउन तालिम दिएका थिए।

कर्मचारीको विदेश भ्रमण र सफ्टवेर विकासमा लाखौ रुपैयाँ खर्चेर सञ्चालनमा ल्याइएको सफ्टवेर ८ महिनामै बिग्रिएपछि नेपाली नियोगलाई राजस्वसम्बन्धी हिसाब राख्न अप्ठ्यारो परेको छ।

अझ केही नियोगले त अनलाइन इन्ट्री गरिसकेको हिसाबको बिल सुरक्षित नराखेकाले पुन: हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.