|

चितवन : जिल्लाका विभिन्न स्थानमा भएका दुई दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

सौराहाबाट रत्ननगर आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले बछौलीमा पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ४५ वर्षीया सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पताल लैजाँदै गर्दा गएराति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३६ वर्षीय राजेन्द्र चौधरीको उपचार चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल र चालक भने नियन्णत्रमा रहेको प्रहरीले जनाएको छ। 

यस्तै गएराति भरतपुर महानगर वडा नम्बर १४ स्थित पश्चिम चितवनको गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको ना ४२ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा ४८ वर्षीय बलराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा भरतपुर अस्पतालमा राति १२ः१५ बजे उनको मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उनकी श्रीमती पद्मा भण्डारीको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.