|

दाङ : यातायात व्यवस्था कार्यालय राप्तीले गतवर्षभन्दा २१ करोड रुपैयाँ बढी राजस्व उठाएको छ। आर्थिक वर्ष २०७३\०७४ मा २१ करोड २५ लाख ६६ हजार ४ सय ४९ रुपैया राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ। 

गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व वृद्धि भएको कार्यालयका प्रमुख अच्युत दाहालले जानकारी दिए। उनले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १३ करोड ५४ लाख २ सय ८५ रुपैयाँ राजस्व संकलन भएको थियो। कर र गैरकर वृद्धि भएका कारण राजस्व बढेको उनले बताए।

कार्यालयमा यो आर्थिक वर्षमा सवारी करबाट १२ करोड ७९ लाख ५ हजार ४ सय ४९ रुपैया राजस्व संकलन भएको छ। गत वर्षमा उक्त शीर्षकबाट ९ करोड ९४ लाख राजस्व संकलन भएको थियो।

त्यस्तैगरी सवारी दस्तुरबाट यो वर्ष ५ करोड १४ लाख ७९ हजार ७ सय ४२ राजस्व संकलन भएको छ। गत वर्षमा १ करोड ८८ लाख ७९ हजार ५ सय ८८
संकलन भएको थियो। त्यस्तैगरी सडक इजाजत दस्तुरबाट यो वर्षमा १ करोड ५४ लाख ९ हजार ४ सय २३ राजस्व संकलन भएको छ।  गत वर्ष यो शीर्षकमा ४३ लाख ९४ हजार ५ सय ८ रुपैयाँ उठेको थियो।

 सडक सुधार दस्तुरबाट यो आर्थिक वर्षमा १ करोड ६६ लाख ७१ हजार ८ सय ४५ छ भने गत वर्षमा १ करोड १९ लाख ५९ हजार ५ सय ९३ राजस्व संकलन भएको कार्यालयका प्रमुख दाहालले जानकारी दिए। गत वर्ष अन्य\ विविधबाट १० हजार रुपैयाँ राजस्व संकलन भएकोमा यो शीर्षकमा यसपटक राजस्व नउठेो बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.