|

नुवाकोट : वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन्। ज्वरो, 'भाइरल फिवर', रुघाखोकीको ज्वरो, दम, 'टाइफाइड'जस्ता रोगका बिरामीको संख्या बढेको त्रिशुली जिल्ला अस्पतालका चिकित्सक राजेन्द्र लामाले बताए।

बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ। अस्पतालमा १०५ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको लामाले जानकारी दिए। अस्पतालमा दैनिक एक सय जनासम्म  उपचारका लागि आउने गरेकोमा अधिकांश बिरामी ज्वरोको हुने गरेको उनको भनाइ छ। 

विशेषगरी नुवाकोट सदरमुकामसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन्। डा. लामाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा गरेको नमूना परीक्षणमा पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरे। 

रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेको खानेपानीको परीक्षणमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.