प्रशासन भन्छ, चुनावका कारण खबर गर्न सकेनौं

|

उदयपुर : उदयपुरमा द्वन्द्वपीडितलाई खबर नहुँदा द्वन्द्वपीडितलको लागि आएको २ करोड १८ लाख फिर्ता भएको छ। आर्थिक वर्षको अन्त्यमा उदयपुरमा द्वन्द्वपीडित परिवारलाई राहतको लागि आएको पैसा वितारण हुन नसकेको हो। आर्थिक वर्षको अन्त्यमा आएको जिल्ला प्रशासनमार्फत आएको पैसा द्वन्द्वपीडितलाई खबर नपुग्दा फिर्ता भएको जिल्ला प्रशासनका सूचना अधिकारी प्रकाशजंग कार्कीले बताए।

‘असारको पहिलो हप्ता आएको थियो,’ सूचना अधिकारी कार्कीले भने, ‘चुनाव अगाडि नै प्रक्रिया सुरु गर्नुपर्ने थियो, स्थानीय तहको चुनावले गर्दा द्वन्द्वपीडित परिवारलाई खबर गर्न सकिएन।’ कार्कीका अनुसार जिल्लामा रहेका द्वन्द्वपीडितका परिवारलाई खबर नपुग्दा राहत बुझन आउन पाएनन्।

शसस्त्र द्धन्द्धको क्रममा मृतक, वेपत्ता, विस्तापित, अपहरण र टुहुरा बालबालिकाको नाममा आएको रकम २ करोड १९ लाख ८० हजार खर्च नभई फिर्ता भएको छ। दोस्रो चरणको निर्वाचन पछि वितरण गर्नको लागि शान्ति मन्त्रालयबाट आएको ६ करोड २१ लाख ७० हजार मध्ये २ करोड १९ लाख ८० हजार फिर्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। प्रशासन कार्यालयका लेखा अधिकृत विनया बस्नेतका अनुसार अख्तियारी ढिलो आएको र द्वन्द्वपीडित परिवार रकम बुझ्न नआएकाले रकम फ्रिज भएको हो।

‘असार पहिलो हप्ता शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तरगतको राहत तथा पुनःस्र्थापन एकाइबाट अख्तियारी प्राप्त भयो, निर्वाचन आचारसंहिता र हामी सबै निर्वाचनमा खटिएकाले सोचेजसरी काम हुन सकेन।’ लेखा अधिकृत बस्नेतले भनिन् ‘हामीले असार मसान्त भित्र सम्पर्कमा आएका जति सबै पीडित परिवारलाई रकम उपलब्ध गराएका छौ तर पीडित परिवार नै सम्पर्कमा नआएकाको मात्र रकम फ्रिज भएको हो।’

करिब एकहप्ताको समयमा एक सय २८ जना परिवारहरुलाई ४ करोड १ लाख ९० हजार राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए। ‘आर्थिक बर्षको अन्तिममा रकम आएपनि हामीले करिव ६५ प्रतिसत खर्च गरेका छौ, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘बाँकी द्धन्द्धपीडित परिवारलाई नयाँ अख्तियारी आएपछि रकम वितरण गर्नेछौ।’

प्रशासनका अनुसार ८१ जना सर्वसाधरण मृतक मध्ये ६४ जनाका हकदारलाई ५ लाखको दरले ३ करोड २० लाख, ३८ जना सेना प्रहरीका परिवारमध्ये ३० जना परिवारलाई १ लाख ५० हजारको दरले ४५ लाख रकम वितरण गरिएको छ।

६ जना बेपत्ता परिवारका आफन्तलाई ५ लाखको दरले ३० लाख, ६ जना अपहरण तथा ५ सय २५ जना विस्थापित परिवारलाई २६ घर परिवारलाई प्रतिपरिवार २५ हजारको दरले ६ लाख ५० हजार र ६ जना टुहुरा बालबालिकाको लागि १ लाख ५० हजार आएकोमा २ जनाको ४० हजार मात्र खर्च गरिएको छ। २०६३ सालमा तत्कालिन स्वर्गिय गिरिजा प्रसाद कोईराला नेतृत्वको सरकारले द्धन्द्धपीडित मृतक तथा वेपत्ता परिवारलाई १० लाख राहत दिने घोषणा गरेको थियो।

गिरिजा प्रसाद कोइराला सरकारको घोषणाअनुसार २०६६ सालमा पहिलो पटक १ लाख, २०६९ सालमा २ लाख र २०७१ सालमा २ लाख र यस बर्ष ५ लाख गरि १० लाख राहत रकम वितरण गरेको हो।

सरकारी तलब सुविधा पाउने परिवारलाई भने सरकारले मृत्यु भएको बेला वितरण गरेको ७ लाख ५० हजार र २०६६ सालमा वितरण गरेको १ लाख गरि बाँकी रकम १ लाख ५० हजारको दरले रकम वितरण गरिएको हो। उदयपुर जिल्लामा रहेका १ सय २५ जना मृतक तथा वेपत्ता परिवारलाई १० लाखको दरले १२ करोड ५० लाख वितरण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.