|

काठमाडौं : एमाले विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीले रामेछापको खिम्तीका बाढीपीडितलाई राहत वितरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष नविना लामासहितको टोलीले गाउँमै पुगेर उनीहरुलाई राहत वितरण गरेको हो। 

चामल, चिउरा, चाउचाउ, बिस्कुट, कपडा, टेण्टलगायतका सामग्री वितरण गरिएको अनेरास्ववियु सचिव आरती लामाले जानकारी दिइन्। केही दिनअघि रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका थिए।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बगाउँदा लिखु गाउँपालिका ६ मा रहेका चार वटा घर बगाएको थियो। बाढीपहिरोका कारण सडकमा समेत ढुंगा आएका कारण सडकमा अवरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.