|

काठमाडौं :  नेकपा एमालेका केन्द्रीय प्रचार विभागका सचिव एवं प्रेस चौतारी नेपालका पूर्व-महासचिव विष्णु रिजाललाई मातृशोक परेको छ। उनकी आमा डिल्लीसरा रिजालको भैरवी-५, दैलेख डाँगर गाउँमा बुधबार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो।

एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले शोक विज्ञप्ति जारी गरी दिवङ्गत डिल्लीसराप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना व्यक्त गरेका छन्। यस्तै चौतारीका महासचिव राजेश राईले पनि विज्ञप्तिमार्फत समवेदना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.