सेयर बाँडफाँड नीति २०७४ कार्यन्वयनमा

|

काठमाडौं: पुँजी बजारमा साना लगानीकर्ताहरुलाइ प्रवर्द्धन गर्नको लागि भन्दै ल्याइएको सेयर बाँडफाँड नीति २०७४ कार्यन्वयनमा आएको छ। यसअघि सेयर बाँडफाँड नीति २०६६ बाट बाँडफाँड गरिँदै आएकोमा पहिलोपटक बुधबार हिमालयन पावर पार्टनर कम्पनीले नयाँ नीतिअनुसार सेयर बाँडफाँड गरेको हो।

हिमालयन पावर पार्टनर कम्पनीले निष्कासन गरेको १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर बुधबार सेयर बाँडफाँड नीति २०७४ अनुसार बाँडफाँड गरेको छ। 'साना लगानीकर्तालाइ लगानी पुँजी बजार हाम्रा लागि पनि हो भन्ने विश्‍वास दिलाउन ल्याइएको नीतिअनुसार सेयर बाँडफाँड सुरु भएको छ, कतिले सम्भव छैन भन्दै हुनुहन्थ्यो आज सम्भव भयो' नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने।  उनले यो नीती ठूला लगानी कर्तालाइ हतोत्साहित  पार्नभन्दा साना लगानीकर्तालाइ उत्साहित बनाउन र पुँजी बजारको दायरा बढाउन ल्याएको समेत बताए।

लिमिटेडका सञ्चालक चन्द्र ढकालले आवेदक सबैलाई सेयर दिने कम्पनी हिमालयन पावर पार्टनर पहिलो भएको भन्दै खुसी व्यक्त गरे। उनले यसरी सेयर बाँडफाँड गर्दा ठूला लगानीकर्ताहरु भने उत्साहित नभएको बताए।

न्यूनतम १० कित्ता र अधिकतम २० कित्ता सेयर

सेयर बाँडफाँड नीति २०७४ अनुसार हिमालय पावर पार्टनर लिमिटेडले गरेको १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर  बुधबार बाँडफाँड  गरेको छ। जसअनुसार आवेदक १ लाख ६३ हजार ७ सय ३५ जनाले न्यूनतम १० कित्ता सेयरको दरले १६ लाख ३७ हजार ३७० कित्ता बाँडफाँड भएको छ। त्यस्तै बाँकी ३ लाख ४४ हजार ३ सय ५ कित्ता मध्येमा अडमा भएको पाँच कित्तालाई बाँकी राखिएको छ। अन्य ३ लाख ४४ हजार ३ सय कित्ता सेयर ३४ हजार ४ सय ३० जनालाई १० कित्ताको दरले गोला प्रथाबाट छानिएको छ।

के हो हिमालय पावर पार्टनर लिमिटेड?

आइएमई ग्रुपले जलविद्युतमा लगानी गर्नको लागि हिमालय पावर पार्टनर कम्पनी सञ्चालनमा ल्याएको हो। तर, जलविद्युतमा लगानी गर्नको लागि गैरआवशीय नेपालीहरुले सञ्चालन गरेको एनआरएन इन्भेष्टमेन्ट लिमिटेडले यसमा लगानी हालेपछि २०७० सालमा यो कम्पनी लिमिटेडको रुपमा स्थापना भएको छ।

यो लिमिटेडमा एनआरएन इभेष्टमेन्ट लिमिटेडको ५१ प्रतिशत र आइएमई ग्रुप लिमिटेडको ४९ प्रतिशत सेयर रहेको छ। यो लिमिटेडले पहलो जलविद्युत् आयोजनाको रुपमा लम्जुङमा २७ मेघाटको दोर्दी खोला जलविद्युत् आयोजना सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.