|

दाङ : तुलसीपुरमा ब्याडमिन्टन खेलको कभर्ड हल निर्माण कार्य सुरु गरिएको छ। अञ्चल प्रहरी कार्यालय राप्तिका प्रमुख ज्ञान विक्रम शाहले बुधबार शिलान्यास गरेसँगै दाङको तुलसीपुरमा कभर्ड हलको निर्माण कार्य सुरु गरिएको हो।

अञ्चल प्रहरी परिसर भित्र झण्डै ३० लाख बराबरको लागतमा स्टील स्टक्चर्समा निर्माण गरिन लागिएको कभर्ड हल २९ फिट चौडाई, ५९ फिट लम्बाई र ३३ फिट उचाईको रहने अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिए।

अञ्चल प्रहरी कार्यालय राप्तिको प्राविधिक सहयोग र दाङ जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा निर्माण गरिन लागिएको हल आधुनिक प्रविधियुक्त हुनेछ। यहाँ चौबिसै घण्टा खेल्न सकिने लाइटिङको व्यवस्था समेत रहने शाहले बताए।

उनले हल नहुँदा आउट डोरमा खेल्नु पर्ने समस्या अब अन्त्य हुने बताए। अञ्चल प्रहरी कार्यालय राप्तिको स्वामित्वमा रहने यस हलमा ब्याडमिन्टन खेल खेल्न चाहने सबै सर्वधारणले प्रवेश पाउने उनको भनाइ छ। शाहका अनुसार हल निर्माणका अधिकांश काम समेत जिल्लामा स्थापित संघ-संस्था,उद्योगी,व्यवसायी, खेलप्रेमी, खेलाडी, लगायतको आपसी सहयोग र सहकार्यबाट गरिनेछ।

दाङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भास्करराज मजगैयाका अध्यक्षता तथा अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदको पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनीहरुले हल निर्माणको कार्यले खेल विकासमा एउटा ईट्टा थपिएको भन्दै विकासको साझेदारीका रुपमा आफुहरुको सहयोग रहने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.