|

काठमाडौँ: काठमाडौं महानगरपालिकाले नयाँ कर सार्वजनिक गरेसँगै निजी क्षेत्रले विरोध जनाएको छ।  महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्शले विरोध जनाएको हो।

बुधबार नेपाल चेम्बर अफ कमर्शले विज्ञप्ती जारी गरेर महानगरले बढाएको कर अवैज्ञानिक भएको भन्दै विरोध जनाएको छ। ‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर वृद्धि हामीलाई मान्य छैन’ चेम्वरले जारी गरेको विज्ञप्तिमा भनीएको छ।

काठमाडौँ महानगरपालिकाको महानगर परिषद्ले आर्थिक विधयेक २०७४ पारित गर्दै सवारीसाधनमा दोब्बर कर बढाएपछि व्यापारीहरुको प्रतिनिधिमुलक संस्था नेपाल चेम्बर अफ कमर्शले विरोध जनाएको हो। वार्षिक दुई सय रुपैयाँ कर तोकिएको इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर वा त्यस्तै यस्तै सवारीसाधनको कर बढाएर  महानगरपालिकाले वार्षिक चार सय रुपैयाँ पुर्‍याएको छ।  

निजी क्षेत्रको यो मागको सुनुवाई नगरी जबर्जस्ती महानगरपालिका अगाडि बढे सम्पूर्ण उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नहुने पनि चेम्बरको विज्ञप्तिमा उल्लेख छ। चेम्वरले परामर्श समितिको गठन नगरी बढाइएको कर अवैज्ञानिक रहेको समेत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.