|

चितवन : पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा आज एक पुरुषको हत्या भएको छ। चितवनका प्रहरी उपरीक्षक दिपक थापाका अनुसार कालिका नगरपालिका-२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको हत्या भएको हो।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार हत्यामा उनका छोरा अञ्जन दुलाल, ज्वाँई टेकबहादुर बुढासहितका व्यक्तिहरुको संलग्‍नता देखिएको प्रहरी निरीक्षक थापाको भनाइ छ। उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको थापाले बताए। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्‍ननगरको टोली खटाइएको छ।

मृतक दुलालको टाउकोमा धारिलो हतियार प्रयोग गरिएको गम्भिर चोट छ। उनीहरुले घटना दिउँसो गराएर सेतो कपडाले शव छोपेर राखेको पाइएको छ। दिउँसो घटना भएपनि प्रहरीले साँझ ५ बजेमात्रै  थाहा पाएको थियो।

उनीहरुले विगतमा पनि मदिरा पिएर झगडा गर्दै आएकाले अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको  जानकारी स्थानीयबाट प्राप्त भएको प्रहरी उपरीक्षक थापाले बताए। 

घटनाको कारण यकिन नभएको र अनुसन्धान जारी रहेको तथा शंकास्पद व्यक्तिहरु प्रहरीको नियन्‍‍‍त्रणमा रहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.