|

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेड स्थापनाको १९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको छ ।  मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक लिमिटेड को नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो।

२०७० अषाढ १६ मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडसँग मर्जर सम्झौता गरेपछि यो बैंकले  एनआईसी एशिया बैंक लिमिटेडका रुपमा आफ्नो सेवा प्रवाह गर्दै आएको छ।

'बैंक पनि साथी पनि' भन्ने मुल मन्त्रका साथ अघि बढी रहेको यस बैंकले नेपालको ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त पहुँच अभिवृद्धि गर्दैछ। हालसम्म देशमा बैंकका ११९ वटा शाखा कार्यालयहरु, ४ बिस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउन्टरहरु लगायतको सञ्जालमार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ।

सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या २०० भन्दा बढी, एटीएम संख्या ४०० भन्दा बढी, शाखारहित बैंकिङ्ग सेवा २०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पेआउट एजेन्ट संख्या१०,००० भन्दा बढी कायम गर्ने योजना बनाएको छ।

बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा सानामझौला व्यवसायिक कर्जा बिस्तारमा विषेश रणनीति लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.