|

बाँके : स्थानीय तह निर्वाचनका बेला आफूले टाँसेका पर्चा, पम्प्लेट, तुल र ब्यानर सम्बन्धित राजनीतिक दलले नहटाएपछि नेपालगञ्ज उपमहानगरपालिका आफैँले हटाउन थालेको छ। राजनीतिक दलहरुले टाँसेका निर्वाचन सामग्रीले नगरको सौन्दर्य बिगारेको जनगुनासो आएपछि निर्वाचन सामग्री व्यवस्थापन गर्न उपमहानगरपालिकाको कार्यालयले चासो देखाएको हो।

उपमहानगरपालिकाले सुर्खेतरोडबाट निर्वाचन सामग्री हटाउन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए। उनले गणेशमान चोकदेखि कारकाँदो चोकसम्मको सडकको दायाँ, बायाँ र सडकको बीच भागमा रहेका पोलमा राखिएको प्रचार सामग्री हटाइसकिएको बताए।

सुर्खेतरोडमा राखिएका प्रचार सामग्री हटाइसकेपछि नगरका अन्य भागमा राखिएका प्रचार सामग्री पनि हटाइने उनले बताए। नेपालगञ्जको त्रिभुवन चोक, सदरलाइन, फुल्टेक्रा, न्यूरोड लगायत अति व्यस्त सडकमा राजनीतिक दलले निर्वाचन सामग्री राखेका छन्।

निर्वाचन सामग्री हटाउन पटक–पटक आग्रह गर्दासमेत नमानेपछि उपमहानगरपालिका आफैँले हटाउन थालेको कुँवरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.