|

सोलुखुम्बु : जिल्ला कृषि विकास कार्यालयको विशेष पहलमा जैतुनखेती सुरु गरिएको छ। तेलहन बाली जैतुनको बिरुवा फलफूल विकास निर्देशनालयले भारतबाट ल्याएर यहाँ वितरण गरेको हो। 

सुरुवाती चरण भएकाले २ सय ५० विरुवा ल्याएको कार्यालयले  जनाएको छ। नेपालको सुदूरपश्चिमको जंगलमा पाइने जैतुन परीक्षणका लागि ल्याइएको कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत नेत्रबहादुर भण्डारीले जानकारी दिए।

जैतुनको बिरुवा २ सय बोट नेलेका कृषक भरतबहादुर कार्कीको बारी र ५० बोट बागवानी केन्द्र फाप्लुमा लगाइएको छ। फलफुल विकास निर्देशनालयले जैतुनको विरुवा ७० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेको छ। प्रतिबोट ४ सय पर्ने विरुवालाई कृषकले १ सय रुपैयाँ तिर्नुपर्छ। बिरुवा सरेपछि कृषकले तिरेको रकम पनि फिर्ता हुने कार्यालयले जनाएको छ।

१५ सय देखि २२ सय मिटरको हावापानीमा जैतुनको तेल विश्व बजारमा उत्कृष्ट मानिन्छ। यहाँको हावापानी उपयुक्त हुने भन्दै जैतुन खेती सुरु गरिएको जनाइएको छ। खाद्य र सौन्दर्य सामग्री बनाउन यसको प्रयोग गरिन्छ। जैतुनको तेल सेवनले विभिन्न रोगको उपचार समेत हुने बतान्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.