|

धनुषा : जनकपुर अञ्चल अस्पतालको लापरबाहीका कारण बिहीबार बिहान बालकको मृत्यु भएको आरोप उनका आफन्तले लगाएका छन्। मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी गाउँपालिका वडा नम्बर १० ठेढा कजुरीका कैलास मण्डलका १३ वर्षीय छोरा जितेन्द्र मण्डल छन्।

जीतेन्द्रलाई बुधबार ज्वरो आएपछि उनलाई अञ्चल अस्पतालको बाल कक्षमा भर्ना गरिएको थियो। ज्वरोले सिकिस्त जीतेन्द्रलाई तत्कालै स्लाइन चढाउँदा रगत आएको र आफूले उक्त जानकारी ड्यूटीमा रहेका नर्सलाई गराउँदासमेत वास्ता नगरेका कारण छोराको ज्यान गएको मृतकका बाबु कैलाशले बताए।

अस्पतालले उल्टै आफूहरुलाई झुटो आरोप लगाएर प्रहरीलाई नियन्त्रणमा लिन लगाएको उनको आरोप छ।

यता अस्पतालका नर्सहरुले भने आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.