|

सिन्धुली : सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनीट्रक दुर्घटनामा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व गाविस उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु भएको छ। 

अोह्रालोमा रोकेर राखिएको मिनीट्रक पछाडि गुडेर १०० मिटर तल खस्दा  भित्र रहेका थापाको मृत्यु भएको हो। मृतक थापासँगै ट्रकमा रहेका अर्का व्यक्ति भाग्न सफल भएको स्थानीयको भनाइ छ। 

'लोड' थाम्न नसकी मिनीट्रक अघि नबढेपछि चालक र सहचालक शौच गर्न बाहिर गएका बेला दुर्घटना भएको  स्थानीय कौशल कोइरालाले जानकारी दिए।  गिट्टी लिएर जाँदै गरेको बा ४ ख ३६१३ नम्बरको मिनिट्रक दुर्घटना भएको शीतलपाटी–४ का वडाध्यक्ष शंखर जर्गामगरले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.