|

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्ने जोसुकै भए पनि कारबाही गर्ने बताएका छन्। पार्टीभित्रकै अन्तर्घातले धेरै ठाउँमा चुनाव हारिएको भन्दै देउवाले जसले अन्तर्घात गरे पनि कारबाही गरेरै छोड्ने बताए।

'जो जोले अन्तर्घात गरेका छन्, म कारबाही गरेरै छोड्छु, तेरो मेरो भन्दिन' उनले भने 'अन्तरघतले पार्टी सिध्याउँछ।'

नेपाली कांग्रेसको प्रदेश नम्बर २ स्तरीय छलफल कार्यक्रममा सभापति देउवाले अन्य ६ वटा प्रदेशमा पार्टीले भोगेको पराजय दुई नम्बर प्रदेशबाट पूर्ति गर्नुपर्ने बताए। 'कांग्रेसलाई पहिलो पार्टी बनाउन दुई नम्बरमा जिताउनुपर्छ' उनले भने 'यसको प्रभाव संघ र प्रदेशको चुनावमा समेत पर्छ।'

कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तर्घातकै कारण पार्टीले कतिपय ठाउँमा पराजय व्यहोरेको भन्दै त्यसमा नेतृत्वको पनि कमजोरी देखिएको बताए। स्थानीय स्तरबाट सिफारिस भएका नेता कार्यकर्ताले टिकट पाएको ठाउँमा जित भएको तर नेतृत्वले उम्मेदवार चयन गरेको ठाउँङ्गा पराजय भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.