|

पाल्पा : तिनाउ खोलाले बगाएर बेपत्ता भएका तिलवीर गाहाको शव ११ दिनपछि फेला परेको छ। माथागढी गाउँपालिका १ का ४० वर्षीय गाहाको शव बिहीबार
मध्यान्ह शव फेला परेको हो।

माथागढी गाउँपालिका वडा नं. ३ कसेनीस्थित तिनाउँखोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक रमेशराज पण्डितले जानकारी दिए ।

गत असार २५ गते आफन्तको विहेमा सहभागी भएर फर्कदै गर्दा उनी सहित अन्य तीन जनालाई राती करिब १२ बजेतिर तिनाउ खोलाले बगाएको थियो। उनी संगै
बेपत्ता भएका तीन जनाको शव गत असार २८ गते नै फेला परेको थियो।

बेपत्तामध्ये उनकी पत्नी मायाँ गाहाको तिनाउँ गाउँपालिका– ५ जोरधाराको नयाँ बजार स्थित तिनाउँ खोला किनारमा, तानसेन नगरपालिका भुसलडाँडा बस्ने–
२६ वर्षीय उषा श्रेष्ठ र बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर मगरको शव रुपन्देहीको सियारी गाउँपालिका २ सितापुरस्थित तिनाउँ खोलाको
किनारमा भेटिएको थियो। लु १ ज १२१७ नम्बरको जीप खोलाको बीचमा पुलमाथि अलपत्र परेको करिव पौने घण्टापछि बाढीले बगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.