|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर, ज्वाईँ जेरेड कुशनेर र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानफर्टलाई अमेरिकी सिनेट समितिले सुनवाइका लागि बोलाएको छ।

उनीहरू सिनेटको समितिमा अर्को हप्ता जवाफ दिन उपस्थित हुनुपर्नेछ। सिनेटको इन्टेलिजेन्स कमिटीको जुलाई २४ सोमबार बस्ने बैठकमा सुनुवाईका लागि बोलाइएको हो।

सन् २०१६ को निर्वाचनका बेला रुसी अधिकारीसँग गरेका भेटघाट र इमेल वार्तालापका श्रृंखलाहरू सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई उक्त विषयमा बुझ्नका लागि बोलाइएको अन्तर्राष्ट्रिय बताइएको छ।

राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले चुनावका बेला रुसी अधिकारीहरुसँग कुनै पनि प्रकारको सम्बन्ध नभएको बताउँदै आएका छन्।

राष्ट्रपति ट्रम्पका छोराले इमेल मार्फत आफ्ना बुबालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार गरिसकेका छन्। सार्वजनिक गरिएका इमेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरूले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले उक्त सूचना स्वीकार गरेको पाइएको छ।

ती इमेल ट्रम्प जुनियरले सार्वजनिक गरेका हुन्। त्यसअघि उनले रुसी कानुन व्यवसायीसँग भेटेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.