|

काठमाडौं : साउन ९ गते दिउँसो बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक ७ गते विहान बोलाइएको छ। पार्टी केन्द्रीय कार्य समिति बैठक चाँडो राख्न नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा माग गरिरहेको बेला पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक दुई दिनअघि सारेका हुन्।

संविधान सशोधन विधेयक व्यवस्थापिका संसदमा अघि बढाउने र मौजुदा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका देउवाले दुवै कार्यलाई अघि बढाउन केन्द्रीय कार्य समितिबाट ती विषयलाई अनुमोदन गराउन बैठक निर्धारित मिति भन्दा अघि सारेको एक केन्द्रीय सदस्यले बताए।

सभापति देउवाले बिहीबार मात्र दुई नम्बर प्रदेशको आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न सो प्रदेशका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभपाति र क्षेत्रीय सभापतिको भेला बोलाएका थिए। एक दिनको लागि बोलाइएको भेला शुक्रबार पनि चल्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.