|

काठमाडौं : सरकारले २१ दिनभित्र काम सम्पन्न गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको हो। आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्य सचिव रहेका छन्।

प्रदेश र संघीय संसदको चुनावका लागि क्षेत्र निर्धारण गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले त्यसै अनुसार आयोग गठन गरेको सरकारका प्रवक्ता अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद बैठकले मुख्य सचिव सोमलाल सुवेदीको राजिनामा पनि स्वीकृत गरेको छ। त्यस्तै वातावरणीय प्रभाव मुल्याङ्कन दोस्रो संशोधन विधेयक पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ। सरकारले मधेसमा आन्दोलनरत दलहरुको माग ३ दिनभित्र संबोधन गर्ने समझदारी गरेको मन्त्री कार्कीले जानकारी दिए। 'राजपाको माग ३ दिनभित्र संबोधन गर्ने विषयमा पनि सामान्य छलफल भएको छ' उनले भने 'आशा गरे बमोजिम नै माग पूरा गर्ने विषयमा छलफल भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.