|

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पपछिको नेपाली समाज झल्किने फोटोहरू काठमाडौंको भृकुटीमण्डपमा जारी इक्यान मेलामा प्रदर्शनीमा छन्। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले गरेको प्रतियोगीतात्मक प्रर्दशनीमा छानिएका ४५ फोटोहरू प्रदर्शनीमा छन्।  शैक्षिक मेला र फोटो प्रर्दशनी आउँदो आइतबारसम्म चल्ने छ।

प्रदर्शनीमा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना ३ जनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। फोटोहरू देश विदेशमा पनि प्रर्दशन गर्ने आयोजकको तयारी छ। फोटोहरूलाई समेटेर फोटो पुस्तक प्रकाशन गर्ने र विक्रीबाट प्राप्त रकमको अंश भूकम्पबाट प्रभावित स्कुललाई प्रदान गरिने एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.