|

एजेन्सी : भारतीय जनता पार्टीका उम्मेदवार रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनामा उनले ६६ प्रतिशत मत पाए। उनले अब २५ जुलाईमा पद तथा गोपनियताको सपथ लिनेछन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा विजयी भएका कोविन्दलाई बधाई दिएका छन् । उनले राष्ट्रपतिमा पराजित का‌ंग्रेस समर्थित मिराकुमारको भावनाको समेत कदर गर्ने बताए। 

‘यो निकै भावुक अवसर हो। राष्ट्रपति पदका लागि चुनिने लक्ष्य मेरो थिएन। अब संविधानको रक्षा गर्नु मेरो कर्तव्य हुनेछ ,’ कोविन्दले भनेका छन्। 

यूपी राज्यबाट राष्ट्रपतिमा निर्वाचित हुने कोविन्द पहिलो व्यक्ति हुन्। उनी भारतको इतिहासकै दोस्रो दलित राष्ट्रपति हुन्। यसअघि सन् १९९७ मा दलित समुदायबाट केआर नारायणन राष्ट्रपति चयन भएका थिए। 

राष्ट्रपति पदमा पराजित मिरा कुमारले कोविन्दलाई बधाई दिएकी छिन्, ‘म सम्माननीय कोविन्दजीलाई राष्ट्रपति पदमा निर्वाचित हुन भएकोमा बधाई दिन्छु। कठिन समयमा उहाँ राष्ट्रपति भन्नु भएको छ। मलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सोनिया गान्धी र मेरो पक्षमा भोट हाल्ने देशका नागरिकलाई धन्यवाद दिन्छु,’ उनले भनेकी छिन्।
यस निर्वाचनमा ऐतिहासिक रुपमा ९९ प्रतिशत मत खसेको थियो । मतदान सोमबार भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.