|

रुकुम : जिल्लाको स्यालापाखामा टाउको नभएको अनौठो बच्चा जन्मिएको छ। जिल्लाको सिस्ने गाउँपालिका ८, स्यालापाखाकी २२ वर्षीया स्थानीय सुशिला रावलले समय पुगेर पनि पूर्ण रुपमा टाउकाको विकास भै नसकेको बच्चा जन्माएकी हुन्।

स्वास्थ्य चौकी स्यालापाखाका ईन्चार्ज हरि केसीका अनुसार उक्त बच्चाको जन्मे लगत्तै मृत्यु भएको छ। क्याल्सियमको कमीका कारण बच्चाको टाउको राम्रोसँग विकास नभएरै जन्मिएको हुनसक्ने केसीले बताए। ‘गर्भअवस्थामा क्याल्सियमजन्य चिजहरु आमाले नखाँदा यस्तो समस्या हुने गरेको छ, केसीले भने, ‘स्वास्थ्यको भाषामा यसलाई एनेन्सफलाय समस्या भनिन्छ।’ 

रावलले यसअघि एउटा छोराको जन्म दिइसकेकी थिइन् भने यसपटकको बच्चा छोरी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.