|

काठमाडौँ: दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ। 

उत्कृष्ट कार्य गरेवापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। उनले भने, 'रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दर्ज्यानी चिह्न प्रदान गरिनेछ।' 

गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो। बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए। 

त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए। 

बिहीबार नै रानालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका सुरक्षा गार्ड नियुक्त गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.