|

रुपन्देही : पानीमा डुबेर पछिल्ला १० दिनभित्र ५ बालकको मृत्यु गएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो दश दिनभित्रमा ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका र देवदह नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर ५ जना बालकको मृत्यु भएको हो।

ओमसतिया गाउँपालिका ४ का बैजनाथ तेलीका ६ वर्षका छोरा सरवेश तेलीको स्थानीय नहरमा पौडी खेल्दै गर्दा डुबेर मृत्यु भएको थियो। यस्तै तिलोत्तमा नगरपालिका वडा न. ९ स्थित खोलामा पौडी खेल्ने क्रममा डुवेर अर्का एक बालकको मृत्यु भएको छ। गहँुगोरो वर्णको, पातलो कदकाठी रहेको अन्दाजÞी  १२÷१३ वर्ष उमेरका बालकको सनाखत नभएको मंगलापुर प्रहरीले जनाएको छ।  

केउलानी नजिकैको सो खोलामा टाउको गाडिएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।  यस्तै डोजरले माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर कञ्चन गाउँपालिकामा अर्का दुई बालकको मृत्यु भएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका सोगामा खाडलमा जमेको पानीमा पौडी खेल्न पुगेका दुई बालकको डुबेर मृत्यु भएको हो। एक जना बालकको भने सकुशलै उद्धार गरिएको छ।

कञ्चन गाउँपालिका वडा नं ३ सोगामा खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा ८ वर्षीय अनिश परियार र ५ वर्षीय रमन परियारको मृत्यु भएको हो। अर्का ३ वर्षीय बालक सुसन परियारको सकुशलै उद्धार गरिएको थियो।  

यस्तै गरी रुपन्देहीको देवदह वडा नं ६ मा एक बालकको डुबेर मृत्यु भएको छ। ६ वर्षीय आशिष बुढाथोकीको घर नजिकै रहेको खेतमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

ढुंगा निकालेर खाडल बनेको खेतमा पौडिँदा बालकको मृत्यु भएपछि जग्गाधनीको लापरवाही भन्दै स्थानीयले विरोध गरेका छन्। जग्गाधनी गोविन्द बमरेलले खेतबाट ढुंगा निकालेर बेच्ने गरेको तर खाल्टो समयमै नपुर्दा उक्त घटना भएको स्थानीय धनु रानाले बताए। 

बाबु गोरे बुढाथोकी र आमा मिना बुढाथोकी मजदुरी काम गर्न गएको बेला आशिष पौडी खेल्न गएका थिए।  बेहोस अवस्थामा रहेका बालकको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरी नायब निरीक्षक कर्णबहादुर खडकाले बताए। 

घरपरिवारले चासो नराख्दा पौडी खेल्ने क्रममा बालबालिकाको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभिभावकलाई बालबच्चाको निगरानी गर्न र जथाभावी घर बाहिर निस्कन नदिन आह्वान गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.