|

दमक : झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  मेचीनगर नगरपालिका १० धुलाबारीका ४२ वर्षिय माईला भनिने जाहिद अलीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनलाई बिहीबार स्थानीय निन्दा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा  करेन्ट लागेको थियो। करेन्ट लागेका अलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.