|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए।

अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमाडौंतर्फ लागेको एकसाता नबित्दै रजिष्टार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राध्यापक डा. मोदनाथ मराठालाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौंतर्फ लागे। तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन। प्रतिष्ठानको जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो। 

विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंकेन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन छ। प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपर्ने हो। तर, यहाँका पदाधिकारीले काठमाडौंस्थित सम्पर्क कार्यालयमा बसेर तलब मात्र खाँदैनन्, दुर्गम भत्तासमेत असुल्ने गरेका छन्।

कर्णालीमा बसेर जनतालाई सेवा दिन खटिएकाहरु काठमाडौंमा बसेर तलबभत्ता बुझ्नेक्रम बढेपछि स्थानीय असन्तुष्ट बनेका छन्। कर्णालीको नाम लिएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत पदाधिकारीमा देखिएको स्थानीयको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.