|

काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३५औं स्मृति दिवस कांग्रेस र उसका भ्रातृ संगठनहरुले शुक्रबार विभिन्न कार्यक्रम गरी मनाउँदै छन्। यस अवसरमा कांग्रेसले बीपी संग्राहलय सुन्दरीजलमा विशेष कार्यक्रम आयोजना गरेको छ।

१९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मिएका बीपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो। उनले आफ्नो जीवनकालमा लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाले। नेपालमा प्रजातन्त्र स्थापाना गर्नमा बीपीको निकै ठूलो योगदान छ।

विश्वेश्वरप्रसाद कोइरालाका नामले साहित्यमा परिचित उनले नेपाली साहित्य क्षेत्रमा निकै ठूलो योगदान गरेका छन्। उनका सुम्निमा, मोदी आइन्, तीन घुम्ती, नरेन्द्र दाइजस्ता कृतिहरु निकै चर्चित छन्। उनका कृतिहरुमा यौन मनोविज्ञानलाई विशेष महत्वका साथ समेटिएको पाइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.