|

दाङ : दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ। लु ३२ प ९४८ नम्वरको स्कुटर शुक्रबार बिहान दुर्घटना भएको अवस्थामा भेटिएको र घटनास्थलमा २ जना पुरुष व्यक्तिको शव रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

मृत्यु हुनेमा प्युठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्युठान नगरपालिकाकै ५ का २१ वर्षीय कविराम भण्डारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करवाट गम्भीर घाइते भएकी साविक फूलबारी ६ बखरीया निवासी ३० वर्षीया जानकी चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए।

चौधरीलाई बिहीबर बिहान ७ बजेतिर खेतमा काम गर्न जाँदै गर्दा बखरीयास्थित उनको घरनजिकै रा १ प ४३३७ नम्वरको मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको थियो। बाँकेको उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.