|

काठमाडौं : यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो चौंथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसामु १६९ रनको चुनौती पेश गरेको छ। इण्डियन एसोसिएसको मैदान सिंगापुरमा पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा १६८ रन जोड्दा अलआउट भयो।

नेपालको पारीमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४, सन्दीप सुनारले २६ तथा प्रकाश केसीले २३ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका विक्रम वीर विश्वारेले सर्वाधिक ३ विकेट लिए।

यसअघि खेलेका ३ खेलमध्ये नेपाल २ मा विजयी र १ मा पराजित भएको छ। अंकतालिकाको शीर्ष स्थानमा अपराजित टोली अफगानिस्तान छ। नेपाल दोस्रो, सिंगापुर तेस्रो र मलेसिया अन्तिम स्थानमा छन्।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.