|

काठमाडौं : अस्पतालमा भर्ना भई मुटुसम्बन्धी रोगको उपचार गराइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार ३ बजे  अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। गत बुधबार भर्ना भई कोरोनरी एन्जियोप्लास्टी गराई स्टेन्टसमेत हालेका शाहको स्वास्थ्य सामान्य बन्दै गएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको राजाका स्वकीय सचिव फणीन्द्र पाठकले बताए।

उनले भने, 'उहाँको मुटुको धमनीमा सामान्य अवरोध देखिएकाले एनजिओप्लास्टी गरिएको छ। अहिले उहाँको स्वास्थ्य सामान्य अवस्थामा पुगिसकेको हुनाले उहाँलाई चिकित्सकहरुले डिस्चार्ज गर्ने तयारी गर्दै हुनुहुन्छ। अब उहाँ निर्मल निवासमै गएर आराम गर्नुहुन्छ।' शाहको उपचारमा मुटुरोग विशेषज्ञ डा भट्ट नेतृत्वमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.