|

दमक  : झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत हर्चना चोकमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मुत्यु हुनेमा विर्तामोड ८ का ३५ वर्षीय कृष्ण थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनी सवार मे २ प ९०६८ नम्बरको  मोटरसाइकललाई नम्बर नखुलेको  सवारीले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक थापाको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय गोविन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते चौधरी बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.