|

जाजरकोट  : जाजरकोटको कुशे गाँउपालिकालाई सफा, स्वच्छ र पूर्ण सरसफाइयुक्त गाँउपालिका वनाउन वृहत सरसफाई अभियान सञ्‍चालन गरिएको छ। सफा र स्वच्छ गाँउपालिका  घोषणा गर्न बृहत् सरसफाइ  अभियान सञ्चालन गरिएको हो।

गाँउपालिकाका विभिन्न वडामा भएको फोहोर व्यवस्थापन गरी गाँउपालिकावासीलाई स्वस्थ्य बनाउन कुशे गाँउपालिकाले  दैनिकरुपमा  सरसफाइ गर्न गाँउपालिकास्तरीय बृहत् सरसफाइ अभियान थालेको छ। गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको नेतृत्वमा बिहीबार गाँउपालिकाको केन्द्र बाटुले बजारबाट सरसफाइ अभियानको सुरुआत गरिएको छ।

सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सफा र सुन्दर गाँउपालिका बनाउनका लागि घर आँगन र सार्वजनिक स्थान भएको फोहोरलाई उचित व्यवस्थापन गर्न र जथाभावी फोहोर नफाल्न बजारवासीलाई आग्रह गरे। सबैभन्दा पहिला  नागरिकको स्वास्थ्य ठीक हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले  सरसफाइमा ध्यान दिनुपर्ने बताए।

‘आजैदेखि सबै वडाका जनप्रतिनिहरु तथा कर्मचारीले आफनो वडामा पहिलो काम भनेको स्वास्थ्य र सरसफाई बनाउन आग्रह गर्दछु, हामी सबै मिलेर गाँउपालिकालाई सफा र स्वस्थ्य गाँउपालिका बनाऔ’ उनले भने। विगतमा सरसफाइमा ध्यान नदिँदा सयौं नागरिकले  ज्यान गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष बस्नेतले सबै नागरिकले अभियानलाई सार्थक बनाउनुपर्ने बताए।

 गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त गाँउपालिका बनाउन योजना तर्जुमा तथा व्यवस्थापन,चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीको पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाइ र वातावरणीय सरसफाइमा सबैले विशेष ध्यान दिनुपर्ने अध्यक्ष वस्नेतको भनाइ छ।

गाँउपालिकाको केन्द्रबाट सुरु गरिएको अभियान सबै वडाहरुमा नियमित सञ्चालन हुने गाँउपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्षहरु तथा कर्मचारीहरु हातमा कुचो समातेर फोहोरहरु टिप्दै बजार सरसफाइमा लागेपछि स्थानीयहरु पनि स्वतस्फुर्त रुपमा सरसफाइ अभियानमा सहभागी हुने गरेको कार्यकारी अधिकृत भण्डारीले बताए। सरसफाइको क्षेत्रमा गाउँपालिका लाई नेपालकै नमुना गाँउपालकिा बनाउने गरी कार्ययोजना निर्माण गरेको भण्डारीले बताए।

बृहत् सरसफाइ अभियानमा गाउँपालिकाका उपाध्यक्ष रामछाया शाही, गाँउपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारी, नौ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, नागरिक अगुवा, पत्रकार, शिक्षक, विद्यार्थी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु विषयगत कार्यालयका प्रतिनिधिहरु, प्रहरी, वडा सचिवहरु, लगायत सहभागी थिए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.