|

काठमाडौं : मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थापाथलीको नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शु्क्रबार ३ बजे डिस्चार्ज हुने भएका हुन्। 

पूर्व राजा शाहलाई लिन उनका छोरा पूर्व युवराज पारस अस्पताल पुगेका थिए। अस्पतालबाट डिस्चार्ज हुँदा शाहलाई अस्पतालका नर्स तथा शुभेच्छुकहरुले पुष्पगुच्छाले सत्कार गरेका थिए।

गत बुधबार मुटुको धमनीमा सामान्य अवरोध देखिएपछि अस्पताल भर्ना भई कोरोनरी एन्जियोप्लास्टी मार्फत स्टेन्टसमेत हालेका शाहको स्वास्थ्य सामान्य बन्दै गएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

शाहको उपचारमा मुटुरोग विशेषज्ञ डा भट्ट नेतृत्वमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा उनको निजी  डा. किशोरजंग राणा संलग्न रहेका थिए।

हेर्नुस् फोटोहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.