|

दमक :  झापाको दमकदेखि पाँचथरको रवि जोडिने फाल्गुनन्द सडक बर्षाका कारण दुई सातादेखि अवरुद्ध भएको छ। लगातार परेको वर्षाले रतुवा खोलामा आएको बाढीसँगै त्यस सडकका विभिन्न ठाँउमा क्षतिग्रस्त भएपछि फाल्गुनन्द सडक अवरुद्ध बनेको हो। यात्रुवाहक सवारीसाधन सञ्चालन हुन नसक्दा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। सो मार्गमा गाडीहरु चल्न नसकेपछि लामो दूरीको बाटो भएर आउजाउ गर्न बाँध्य भएका छन्।

दमक–चिसापानी–रवि फाल्गुनन्द सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार त्यस सडकमा पर्ने रतुवा खोलामा बाढी आएपछि पूर्ण रुपले गाडी चल्न सकेका छैनन्। पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको दक्षिणी चार गाँउपालिकालाई छुने ४७ किलोमिटरको उक्त सडकको केही भाग खोलामा पर्ने तथा खोलिएका ट्रयाक समेत क्षतिग्रस्त भएपछि यातायात सञ्चालन हुन नसकेको अध्यक्ष पुरीले बताए।

वर्षाले सडकको दुर्दशा यस्तै हुन्छ, हामीले वर्षामा समेत गाडी सञ्चालन गर्न पहल गरेको अध्यक्ष पुरीले बताए। उनले भने, ‘भदौ सुरुवातमा नै गाडी सञ्चालन गर्न तयरी तीव्र पारेका छौ।’ उनले यसवर्ष त्यस सडकको कल्भर्ट ,पुलसहितको ट्रयाक निर्माण गर्न करिब १२ करोडबढी खर्च भएको बताए। अध्यक्ष पुरी अव निर्माणधीन सडकको कालोपत्रेसहितको डिपीआर तयार गरि त्यसै अनुसार काम थाल्ने बताए। 

तीन दशकदेखि निर्माणाधीन उक्त सडकमा हालसम्म रु २५ करोड बढी खर्च भएपनि अहिलेसम्म ट्रयाक पूर्ण रुपमा तयार हुन सकेको छैन्। हिउदमा सहज रुपमा चल्ने त्यस सडकमा दैनिक तीन दर्जन ट्याक्सी, बस,ट्रक, ट्याक्टर सञ्चालन हुँदै आएका छन्। त्यस सडक भएर पहाडी क्षेत्रका कृषि सामाग्रीहरु तराईमा निर्यात हुँदै आएका थिए भने तराईबाट दैनिक उपभोग्य सामाग्रीहरु त्यस क्षेत्रमा ओसारिँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.