|

दमक : झापाको दमकमा एक बालिकाको घरको छतबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दमक १ की बन्दना खड्काकी ५ वर्षीय छोरी गीता खड्का रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनी गत असार ३० गते आफू डेरा गरी बस्ने घरको चार तलामाथि खेल्दै गर्दा लडेकी थिइन्।

लडेर गम्भीर घाइते भएकी खड्काको बिहीबार उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकको डिएसपी राजन लिम्बूले जानकारी दिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको लिम्बूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.