|

काठमाडौँः कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठलाई भारतको मुम्बईमा स्पन्दन इन्टरनेशनलले ‘एक्सिलेन्ट अवार्ड’बाट सम्मान गरेको छ। 

स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाको बीचमा दुई हजार ५०० कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो। प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० जना कलाकारलाई सम्मान गरेको कलाकार महेश आचार्यले बताए। 

नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको स्पन्दनका निर्देशक अनन्त विकासले बताए।

जुलाई १७ का दिन मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा एक समारोहका बीच कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा भारतका कलाकार पृथ्वी सोनीले अवार्ड प्रदान गरेका थिए।

नेपाली कलाकारको कलालाई अवार्डले अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गरेको कलाकार महेश आचार्यले बताए। कलाकार समुद्रले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला बनाउन सक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि हुँदै गएको दाबी गरे। 

दुई वर्षअघि १२ जना नेपाली कलाकारको प्रदर्शनी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा भएको थियो। सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.