|

काठमाडौं : सबै नागरिकको एकीकृत विवरण र पहिचानका लागि प्रस्तावित राष्ट्रिय परिचयपत्रको नमुनामा सरकारले आफ्नो देशको नामसमेत गलत उल्लेख गरेको पाइएको छ। परिचयपत्रको नमुनामा नेपालीमा नेपालको नाम उल्लेख नभएको र आमाको पहिचान उल्लेख नगरिएकामा आपत्ति जनाउँदै एमाले सांसदहरुको टोलीले शुक्रबार गृहमन्त्री जनार्दन शर्माको ध्यानार्षण गराएका छन्। 

शान्ता मानवी, पेम्बा लामा, सुशीला नेपालसहितको सांसदले बुझाएको ध्यानाकर्षणपत्रमा राष्ट्रिय परिचयपत्रमा नेपाली भाषामा नेपालको नाम उल्लेख गर्न माग गरिएको छ। गृह मन्त्रालयले तयार गरेको राष्ट्रिय परिचयपत्रको नमुनाको सबभन्दा माथि फेडेरल रिपब्लिक अफ नेपाल नेशनल आइडन्टी कार्ड लेखिएको छ। संविधान अनुसार देशको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र हो। संविधानसभाले जारी गरेको नेपालको संविधानमा कतै पनि नेपाल राष्ट्रलाई अन्य कुनै विशेषण दिइएको छैन। 

संविधानको भाग १ धारा ३ मा राष्ट्र र धारा ४ मा नेपाल राज्यको परिभाषा उल्लेख छ। नेशनल आइडन्टी कार्डलाई अब्लिक गरी राष्ट्रिय परिचयपत्र उल्लेख गरिएको नमुनामा कतै पनि नेपालको नाम नेपाली भाषामा उल्लेख छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.