|
फाइल फोटो, थाहाखबर

महोत्तरी : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव प्रदेश नम्बर २ को चुनावी तयारीको जानकारी लिन जिल्ला दौडाहामा छन्। उनी शुक्रबार महोत्तरी पुगे। 

प्रमुख आयुक्त यादवले महोत्तरीको निर्वाचन व्यवस्थापन समितिसँग छलफल गरे। निर्वाचन कार्यालय पुगेर जिल्लाको चुनावी तयारी अवस्थाबारे जानकारी लिए। निर्वाचन व्यवस्थापन समितिले महोत्तरीको राजनीतिक गतिविधि, सुरक्षा व्यवस्था र निर्वाचनको समय सीमानाकामा अपनाइने सुरक्षा नीतिबारे जानकारी गराएको छ। 

उनले जलेश्वर प्रकौलीस्थित फस्ट राइफल गणको व्यारेकमा राखिएको मतपत्रको समेत अवलोकन गरेका छन्। प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि यसअघि नै मतपत्र छापिइसकेको छ। 

यादव गत बुधबार निर्वाचन तयारी अनुगमनका लागि सप्तरी पुगेका थिए। त्यस्तै, बिहीबार उदयपुर, सिरहा र धनुषा तथा शुक्रबार सर्लाही र महोत्तरी पुगेका हुन्। रौतहट, बारा र पर्सामा पनि अनुगमनका लागि जाने बताइएको छ। 

प्रदेश नम्बर २ मा असोज २ गते मतदान हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.