|

काठमाडौं : नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट ११ पुर्‍याएको सरकारले फेरि २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्‍याएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्ने दबाब आएछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओजादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्‍याउन सहमत भएका छन्। 

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिरिषद बैठकमा प्रहरीमा एआइजीका दुई दरबन्दी थप्ने सहमति भइसकेको छ। सहमति अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरेर गृहले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ। 

स्रोतका अनुसार बढुवा सिफारिसमा छुटेका हेमन्तबहादुर पाल र मधुप्रसाद पुडासैनीलाई एआइजी बनाउन थप दुई पद बढाउने तयारी गरिएको हो। पुडासैनी कांग्रेस काठमाडौंका कोषाध्यक्ष विष्णु पुडासैनीका पारिवारिक सदस्य हुन्। पुडासैनीलाई एआइजी बढुवामा छुटाएकोमा कांग्रेस नेता रामचन्द्र पौडेल रुष्ट भएपछि उनलाई बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पद बढाएर भए पनि बढुवा गर्ने वचन दिएको स्रोतले बतायो। 

सुदूरपश्चिम क्षेत्रका प्रहरी अधिकारीलाई एआइजी बनाउन ११ पद पुर्‍याउँदा पनि पाल छुटेपछि प्रधानमन्त्री देउवा पुन पद थपेर उनलाई एआइजी बनाउने पक्षमा छन्। प्रहरीमा अहिले प्रहरी जवानदेखि महानिरीक्षकसम्म ११ तह कायम छ। गृहमन्त्रीले हवल्लार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सईको पद बनाउने घोषणा गरे पनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आएको छैन। एआइजीमा दुई पदथप्दा तल्लो तहसम्म दुई पद बढ्नेछ भनेरिक्त पदमा पुन बढुवा सूची निकाल्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.