|

चितवन : भरतपुर महानगरपालिका- ११ भोजाडस्थित एक घरको पेटीमा शनिबार विहान एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। भरतपुर महानगरपालिका १८ घर भएका अर्जुनबहादुर गुरुङ आफू डेरा गरेर बस्ने घरनजिकैको दुर्गामान गुरुङको घरको पेटीमा मृत फेला परेका हुन्। 

भरतपुर ११ मा डेरा गरी बस्दै आएका उनी छिमेक नवजीवन टोलमा रहेको दुर्गामानको घरको पेटीमा मृत भेटिएका प्रहरीले जानकारी दिएको छ। छिमेकमा डेरी गरी बस्ने उनी दुर्गामानको घरमा किन गए भन्ने समेत जानकारी आउन नसकेको भन्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.