|

इलाम :  इलामका चार नगरपालिका र ६ गाउँपालिका गरी १० वटै स्थानीय तहमा कोष तथा लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७४/७५ को पहिलो किस्ता बापतको रकम निकासा गरेको छ।

स्थानीय तहमा उपलव्ध गराउने बजेटमध्ये पहिलो किस्ता बापतको रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रविन कोइरालाले बताए। दश स्थानीय तहमा अर्थ मन्त्रालय मार्फत पहिलो किस्तानमा दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार रकम उपलब्ध भएको छ।

इलाम नगरपालिकाले पहिलो किस्ता बापत १५ करोड ६२ लाख ८३ हजार ६ सय ६६ रुपैयाँ पाएको छ। देउमाइ नगरपालिकाले दश करोड ७० लाख २ हजार ६ सय ६६, माइ नगरपालिकाले ११ करोड ७३ लाख २१ हजार ६ सय ६६ र सुर्योदय नगरपालिकाले १५ करोड ३० लाख २३ हजार ३ सय ३३ रुपैयाँ पाएका छन्।

त्यस्तै चुलाचुली गाउँपालिकाले ७ करोड ५५ लाख ८५ हजार, फाकफोकथुम गाउँपालिकाले आठ करोड ५४ लाख ६५ हजार ६ सय ६६, माइजोगमाई गाउँपालिकाले सात करोड ९२ लाख २२ हजार ३ सय ३२ रुपैयाँ पाएको छ।

माङसेबुङ गाउँपालिकाले सात करोड ३४ लाख ३५ हजार ३ सय ३३, रोङ गाउँपालिकाले सात करोड ६४ लाख ५६ हजार, सन्दकपुर गाउँपालिकाले ६ करोड ६५ लाख ३९ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.