|

कालिकोट : कर्णाली अञ्चलमा विषादीमुक्त तरकारी तरकारी बाली उत्पादनमा महिलाहरुको भूमिका प्रमुख रहेको कालिकोटका महिलाहरुले बताएका छन्। कर्णाली कृषि तथा खाद्य सरोकार समुहले गरेको कर्णालीमा खाद्य र खेतीको अहिले अवस्था महिलाको भूमिका अन्र्तक्रिया कार्यक्रममा यहाँका स्थानीय महिलाहरुले बताएका हुन्।

कर्णालीमा चिनो, कागुनो, दलहन, फलफूलको उत्पादन निकै हुने गरेको त्यसको उचित संरक्षण प्रवद्र्धनमा यहाँका पुरुषहरुभन्दा बढी अगुवा किसानहरु बढी रहेको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष कालीबहादुर मल्लले बताए। ‘कर्णालीमा अरु ठाउँमा पाइने र नपाइने सबै प्रकार बाली हुने गरेका छन्।’ उनले भने, ‘त्यो बाली उत्पादनमा यहाँका पुरुषभन्दा बढी महिलाहरुले संरक्षण प्रवद्र्धन र उत्पादन गर्ने गरेका छन्।’

स्थानीय बाली उत्पादनमा कर्णालीका महिलाहरुले विशेष भूमिका रहेको पुरुषहरु कामका बाहिर जाने महिलाहरुले बालीलगायतका घर व्यवहार काम गर्नुपर्ने भएकाले स्थानीय बाली उत्पादन र बालीलाई विषादीमुक्त बनाउन महिलाहरुको भूमिका रहेको नेपाल पत्रकार महासंघ कालिकोटका पूर्वअध्यक्ष दिलु बमले बताइन्।

‘हाम्रो समाजमा पुरुष कामको खोजीमा घरबाहिर रहने गरेका छन्। स्थानीय बाली उत्पादनमा महिलाहरुको विशेष भूमिका रहेको छ।’ उनले भनिन्, ‘बाली उत्पादन गरेर मात्र भएन्। बालीलाई विषादीमुक्त बनाउन पनि जरुरी रहेको छ।’

कर्णालीमा रहेका महिलाहरुले बढी कृषि पेसामा निर्भर रहेको यहाँका महिलाहरुले कृषि पेसाबाट जानेर वा नजानेर धेरै फाइदा लिन नसकेको त्यसका लागि कृषि पेसाबाट आत्मनिर्भर महिलाहरु कम भएको र यहाँका महिलाहरुलाई कृषि पेसाबाट नै आत्मनिर्भर बनाउन पहल चाल्नुपर्ने खाँडाचक्र नगरपालिकाका अगुवा किसान तारा गिरीले बताइन्। ‘यहाँका सबै महिलाहरु कृषिमा निर्भर रहेका छन्। तर, कृषिमा नै आत्र्मनिर्भर हुन सकेका छैनन्।’ उनले भनिन्, ‘त्यसका लागि विशेष पहल चाल्न जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.