|

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा नयाँ सञ्चार निर्देशक नियुक्त गरेपछि प्रवक्ता सेन स्पाइसरले पदबाट राजीनामा दिएका छन्। उनी नयाँ निर्देशकको नियुक्तिबाट असन्तुष्ट भएर राजीनामा दिएको बिबिसीले लेखेको छ।

राष्ट्रपति ट्रम्पले वाल स्ट्रिटका एन्थनी स्कैरमूचीलाई नियुक्त गरेका छन्। निर्देशकले गर्ने काम स्पाइसरले गर्दै आएका थिए। उनले नयाँ निर्देशक नियुक्ति राष्ट्रपति ट्रम्पको ठूलो गल्ती भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

राष्ट्रपतिका कामकारबाहीबारे पत्रकारहरुलाई जानकारी दिने गरेका ४५ वर्षीय स्पाइसर केही समययता मिडियाबाट टाढा रहेका थिए। राष्ट्रपति चुनावका बेला रुसी हस्तक्षेपबारे अनुसन्धान चलिरहेका बेला ह्वाइटहाउसबाट स्पाइसरको बहिर्गमन र स्कैचरमूचीको ह्वाइटहाउस प्रवेश यस्तो बेला भएको छ।

राष्ट्रपति चुनावमा रुसको हस्तक्षेप ट्रम्पलाई जिताउन त थिएन भन्ने विषयमा अनुसन्धान केन्द्रित भएको छ। गत मे महिनामा कम्युनिकेसन डाइरेक्टर माइक डब्बीले पदबाट राजीनामा दिएपछि स्पाइसरले उक्त पद सम्हाल्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.