|

सोलुखुम्बु : आर्थिक वर्ष ०७३/०७४ मा ३८ करोड २७ लाख ५५ हजार ९ सय ६५ रुपैयाँ ५८ पैसा बजेट फ्रिज भएको छ। जिल्लाको विभिन्न सरकारी कार्यालयमा बिनियोजन भएको कुल बजेट ३ अर्ब ४७ करोड ५७ लाख २१ हजार ६३२.२२ मध्ये उक्त बजेट फ्रिज भएको हो।

आर्थिक वर्ष ०७३/०७४ को चालुतर्फको कुल बजेट रु.२ अर्ब ९१ करोड ८४ लाख १९ हजार ६ सय ३२ रुपैयाँ २२ पैसामध्ये रु.२ अर्ब ६४ करोड ४९ लाख २८ हजार २९१ रुपैँया ८४ पैसा खर्च भएको छ भने रु.२७ करोड ३४ लाख ९१ हजार ३ सय ४० रुपैयाँ ३८ पैसा खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ।

यस्तै पुँजीगत शिर्षकको कुल बजेट रु.५५ करोड ७३ लाख २ हजार मध्ये रु.४४ करोड ८० लाख ३७ हजार ३७४ रुपैया ८० पैसा खर्च भएको छ भने रु.१० करोड ९२ लाख ६४ हजार ६२५.२० रुपैया खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुको तथ्याङ्कले देखाउँछ। कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कुल बजेटबाट ३ अर्व ९ करोड २९ लाख ६५ हजार ६ सय ६६ रुपैयाँ ६४ पैसा खर्च भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.