|

पर्वत : हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोको कारण फेरि पनि बाटो अवरुद्ध बनेको छ। वर्षाको कारण रघुगंगा गाउँपालिकाको वडा नं. ३ घुमाउने ताल र अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ जलथलेमा सडक माथिबाट पहिरो खसेपछि मुस्ताङ जोडिने सिधा यातायात सेवा अवरुद्ध बनेको हो।

शुक्रबारबाट नै खसिरहेको पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएको कारण अवरुद्ध सडक खुलाउन समस्या भइरहेको बेनी-जोमसोम–कोरला सडक आयोजनका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। जलथलेमा कुइँठेभीरबाट निरन्तर पहिरो खसिरहेको र साँघुरो सडक भएको कारण सर्वसाधारण समेत वारपार गर्न समस्या भएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि सिधा सवारी नभएको कारण सर्वसाधारण र यात्रुहरुले नारच्याङ हुँदै घुमाउरो बाटोबाट वारपार गर्नुपर्ने बाध्यता भएको छ। बर्खायाम सुरु भएसँग बेनी-जोमसोम सडक खण्ड नियमित जसो ठाउँ ठाउँमा खस्ने पहिरो र कालिगण्डकी नदी कटानबाट प्रभावित बन्दै आएको छ। बर्खायाम सुरु भएसँगै बेनीबाट मुस्ताङ जाने उक्त सडक खण्ड पहिरोकै कारण धेरै पटक अवरुद्ध र सुचारु हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.