|

काठमाडौं : न्यु जेनिथ स्कुल र बाफलको क्यापिटल हिल एकेडेमीको तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ। शनिबार डल्लुस्थित न्यु जेनिथमा आयोजित एकदिने तेक्वान्दो गे्रडिङमा दुई स्कुलका तेक्वान्दो खेलाडीले ग्रेडिङ परीक्षा दिए। ग्रेडिङमा कुल २३ खेलाडीको सहभागिता रहेको थियो। खेलाडीलाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका तेक्वान्दो प्रशिक्षक बद्रीप्रसाद घिमिरे र विद्यालयका तेक्वान्दो प्रशिक्षक सरोज बास्कोटाले ग्रेडिङ प्रदान गरे।

त्यस्तै, ग्रेडिङमा क्यापिटल हिलका ११ खेलाडीमध्ये ४ खेलाडीले डबल प्रमोसन प्राप्त गर्दै सेतोबेल्टबाट पहँंलो–हरियोमा पुगे। न्युजेनिथमा कुल १२ खेलाडीले ग्रेडिङ परीक्षा दिएका थिए। जसमध्ये १ जना हरियोबाट निलो ,२ जना पहेंलो–हरियोबाट हरियो निलो र पहेंलोबाट हरियो १ जना गरी ४ जनाले डबल प्रमोसन प्राप्त गरेको क्यापिटल हिल र न्युजेनिथका स्कुलका तेक्वान्दो प्रशिक्षक सरोज बास्कोटाले बताए। सो अवसरमा विद्यालयका प्रिन्सिपल राजु महर्जनले खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै देशको भविष्य बन्न शुभकामना दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.